त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू « Khabarhub

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नेगरि तयारी गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । 

बिहीबार काठमाडौंको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औँ वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन् । 

उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्दै परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिए ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई केवल पठनपाठनमा सीमित नराखी राष्ट्रको नीति, कानुन र पाठ्यक्रम निर्माणमा सहयोग पुर्‍याउने मुख्य थिंक ट्याङ्क र अनुसन्धान संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।  

नेपालका १५ वटै विश्वविद्यालयहरू कुनै न कुनै रूपमा त्रिभुवन विश्वविद्यालयसँग जोडिएकाले त्रिविले अन्य विश्वविद्यालयहरूका लागि पनि अभिभावकीय र समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने दायित्व रहेको उनले बताए । 

पोखरेलले त्रिविको अधिकार केन्द्रमा सीमित नराखी विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसै वर्षदेखि काठमाडौँ बाहिरका प्रदेशहरूमा पनि दीक्षान्त समारोह आयोजना गरेर विकेन्द्रीकरणको सुरुवात गरिन लागेको जानकारी दिए ।

उनले काठमाडौँभित्र र बाहिरका आङ्गिक क्याम्पसहरूको जीर्ण पूर्वाधारमा सुधार ल्याउने, पार्क तथा खुला क्षेत्रहरूको सरसफाइ र सौन्दर्यीकरण गरी विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गर्ने वातावरण बनाउन सुझाव दिए । 

पठनपाठनका साथसाथै विद्यार्थीहरूमाझ नवीन सोच र अनुसन्धानलाई प्रवर्धन गर्न प्रभावकारी रूपमा इनोभेसन सेन्टरहरू सञ्चालन गर्न समेत उनले आग्रह गरे । 

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  २ : २२ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले