दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका छन् ।
बैतेश्वर गाउँपालिका–५, मैनापोखरीस्थित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३४औँ स्थापना दिवस तथा ३३औँ वार्षिक साधारण सभाको अवसरमा बस्नेतलाई सम्मान गरेको हो ।
सहकारीले पत्रकार बस्नेतलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि भीमप्रसाद दाहाल र संस्थाका अध्यक्ष गोपलध्वज श्रेष्ठले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।














प्रतिक्रिया