‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’ « Khabarhub

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम् प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् । 

कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवि सभाको ६७औं वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उनले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन्। 

मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।

क्यालेन्डर प्रभावित भएमा त्यसको स्पष्ट कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। 

यस सन्दर्भमा उनले निर्देशन दिँदै भने, ‘प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन अध्यापनको समयावधि, प्रभावकारी आन्तरिक मूल्यांकन, अन्तिम परीक्षाको नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणको यथार्थ समय तालिका र प्रविधिको उच्चतम् प्रयोग गरी विद्यार्थीहरूलाई सेवा प्रवाह गर्न ठोस कार्ययोजना बनाई अगाडि बढ्न सम्बन्धित पदाधिकारीहरूलाई निर्देश गर्दछु। कुनै कारणले क्यालेन्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समयसीमा पनि सार्वजनिक गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु।’

परीक्षा प्रणालीमा फेरबदल गर्दै अब विद्यार्थीले कति लेख्यो भन्दा पनि उसले कति सिक्यो भन्ने कुराको मापन गर्नुपर्ने मन्त्री पोखरेलको जोड थियो। 

रटेको ज्ञानभन्दा व्यावहारिक र सिर्जनशील जनशक्ति उत्पादन गर्नुपर्ने औँल्याउँदै उनले थपे, परीक्षामा विद्यार्थीले कति लेख्यो मात्र होइन, उसले कति सिक्यो भन्ने पनि मापन गरौँ। अब रटेको ज्ञान होइन, समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक दक्षता विकास गर्न सक्ने गरी अध्यापन र अनुसन्धान कार्यमा संलग्न रहन सम्बन्धित प्राध्यापकज्यूहरूलाई समेत अनुरोध गर्न चाहन्छु।’

देशका विभिन्न समस्याको समाधान खोज्न विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले विशेष जोड दिए। 

विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रबिन्दु विद्यार्थी हुनुपर्ने स्पष्ट पार्दै मन्त्री पोखरेलले कृत्रिम बुद्धिमत्ता लगायतका प्रविधिलाई अवसरका रूपमा लिनुपर्ने बताए। 

विद्यार्थी केन्द्रित सुधार र प्रविधिको प्रयोगबारे उनले प्रष्ट पार्दै भने, ‘विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रमा विद्यार्थी हुनुपर्छ। विद्यार्थीका गुनासा, आवश्यकता र आकांक्षालाई सुन्ने तथा समाधान गर्ने प्रभावकारी संयन्त्र विकास गर्न आवश्यक छ। कृत्रिम बुद्धिमत्ता लगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नभई ज्ञान र नवप्रवर्तनको नयाँ अवसरका रूपमा ग्रहण गर्दै यसको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति तथा क्षमता विकास गर्नुपर्ने देखिन्छ।’

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ३ : १८ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले