कांग्रेस महाधिवेशन : सभापतिदेखि पदाधिकारीसम्म नेविसंघका पूर्वनेताको दबदबा « Khabarhub

कांग्रेस महाधिवेशन : सभापतिदेखि पदाधिकारीसम्म नेविसंघका पूर्वनेताको दबदबा


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा आरम्भ गरेका नेताहरू पार्टी हाँक्ने मुख्य ठाउँमा आइपुगेका छन्।

कांग्रेस कार्यकर्ता उत्पादनको नर्सरी मानिने नेविसंघका पूर्वमहामन्त्री एवं उपाध्यक्ष गगनकुमार थापा सभापति बनेर पार्टीको नेतृत्व सम्हाल्ने निश्चित हुँदा पूर्वअध्यक्ष महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन समितिका अनुसार नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा पार्टीको वरिष्ठ उपसभापतिमा सर्वसम्मत चयन भएका छन्।

सभापति पदमा उम्मेदवारी दिए पनि गगनकुमार थापालाई समर्थन गर्दै अर्का पूर्वअध्यक्ष किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेस उपसभापतिमा नेविसंघकै पूर्वअध्यक्ष धनराज गुरुङ, गोविन्द भट्टराई र रञ्जीत कर्णले प्रतिस्पर्धा गर्दै छन्।

फाइल तस्बिर

गुरुङ र भट्टराई खुला प्रतिस्पर्धामा छन्। समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिएका कर्णले नेपाल विद्यार्थी संघको लामो समयसम्म हुन नसकेको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गरेका थिए।

विद्यार्थी राजनीतिबाट उदाएका नेता कर्ण सभापति थापाकै समकालीन हुन्। पूर्वअध्यक्षद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल तथा नेता नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् भने पूर्वअध्यक्ष राजीव ढुंगाना सहमहामन्त्री पदको प्रतिस्पर्धामा छन्।

विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्री बनेका घिमिरे र पौडेल सिद्धान्तमा अडिग र बौद्धिक नेताका रूपमा परिचित छन्।

सभापति गगनकुमार थापाले विद्यार्थीकालदेखि नै राजनीतिक संघर्षमा होमिएका नेताहरूलाई समेटेर पार्टी पदाधिकारीको टिम बनाउने मनस्थिति बनाउँदा नेविसंघको नेतृत्व र पदाधिकारीमा बसेर काम गरेका नेताहरू पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित हुने देखिएका छन्।

विद्यार्थी राजनीतिबाटै आएका अनुभवी नेताहरू पदाधिकारीमा निर्वाचित हुँदा पार्टी सञ्चालनमा सहयोग पुग्ने कुरामा सभापति थापा प्रस्ट भए पनि औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

उपसभापति पदका उम्मेदवार रञ्जीत कर्णले विद्यार्थीकालदेखि राजनीतिक आन्दोलन र रूपान्तरणका पक्षमा काम गरेका नेताहरूको टिम बनेमा पार्टीले सही ट्र्याक समात्ने र पार्टी सञ्चालनको नवीन कार्यदिशा निर्माण हुने प्रस्ट पारेका छन्। कर्णले कांग्रेसको रूपान्तरणका पक्षमा विद्यार्थी र तरुण दलबाट राजनीति अगाडि बढाएका सबै नेता–कार्यकर्ताले योगदान दिन र काम गर्न सक्ने बताए।

‘जतिबेला देशमा प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि आवाज उठ्न थाल्यो, आन्दोलन आरम्भ भयो, त्यतिबेला हाम्रो पुस्ताका विद्यार्थी सडकमा थियौँ। यो परिवर्तनको अगुवाइ गर्ने राजनीतिक आन्दोलनका सिपाहीहरू पार्टीको नेतृत्वदेखि पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुँदै हुनुहुन्छ। नेपाली कांग्रेसलाई बदल्ने अठोटका साथ हामी अगाडि बढ्छौँ,’ उनले भने।

नेविसंघकै पूर्वअध्यक्ष राजीव ढुंगाना विद्यार्थी राजनीतिबाट उदाएका अग्रज नेता र समकालीन नेताबिच समन्वय र दृष्टिकोण मिल्ने भएकाले कांग्रेसलाई नयाँ मार्गचित्रका साथ अगाडि बढाउने बताउँछन्। ‘राजनीतिक आन्दोलन सहज हुँदैन। विद्यार्थी हुँदै पार्टीको मूल प्रवाहमा आएका नेता–कार्यकर्ताले विधिपूर्वक पार्टी सञ्चालन गर्ने क्षमता राख्छन्,’ ढुंगानाले भने।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलबाट राजनीति अगाडि बढाएका धेरै नेताहरू पनि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन समितिले मतदानका लागि शुक्रबार बिहान ७ बजेको समय तोकेको हो ।

यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान समय तीनपटक सारेर दिउँसो साढे २ बजे पुर्‍याइएको थियो। तर, उक्त समयमा पनि मतदान सुरु हुन नसकेपछि शुक्रबारका लागि सरेको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ४ : ३७ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।