मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द « Khabarhub

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ।

राज्यका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा धुवाँ बढ्नुका साथै वायु गुणस्तर लगातार बिग्रिएपछि सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मुहम्मद नकीब मोहम्मद गजालीले बुधबार जारी गरेको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि विद्यालय बन्द गरिएको जनाएका छन्।

विद्यालय बन्द हुँदा जोहोरका एक हजार १९८ विद्यालय प्रभावित भएका छन्। यसबाट ६ लाख १७ हजार २५८ विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ।

बिहीबार बिहान १० बजे जोहोरको सेगमट क्षेत्रमा वायु प्रदूषण सूचकाङ्क (एपीआई) १८७ पुगेको थियो। यो अस्वास्थ्यकर वायु गुणस्तरको स्तर हो।

राजधानी क्वालालम्पुरसहित मलेसियाका ३८ क्षेत्रमा पनि अस्वास्थ्यकर एपीआई स्तर रेकर्ड गरिएको छ। बढ्दो धुवाँ र वायु प्रदूषणले स्वास्थ्यमा जोखिम बढाउन सक्ने भएकाले जोहोरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ४ : २४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको