पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत « Khabarhub

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारीस्तरीय सम्झौता गरेको छ।

सम्झौता कार्यान्वयनका लागि अब आइएमएफको कार्यकारी बोर्डबाट स्वीकृति लिनुपर्नेछ। आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्रको व्यवस्थापन प्रभावकारी रूपमा गरेको बताइन्।

कडा आर्थिक नीतिका कारण पाकिस्तानमा समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको उनको भनाइ छ।

तर बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य तथा आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाब कायमै रहेको आइएमएफले जनाएको छ।

आइएमएफका अनुसार आर्थिक वर्ष २०२६ का पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ४ प्रतिशत रहेको छ। समग्र आर्थिक वृद्धि भने ३.६ प्रतिशत रहने अनुमान गरिएको छ।

पेट्रोभालका अनुसार पाकिस्तानमा मुद्रास्फीति मेमा उच्च विन्दुमा पुगे पनि सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित भएको छ। मुख्य मुद्रास्फीति पनि नियन्त्रणमै रहेको उनले बताइन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ५ : ४२ बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको