पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत « Khabarhub

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारीस्तरीय सम्झौता गरेको छ।

सम्झौता कार्यान्वयनका लागि अब आइएमएफको कार्यकारी बोर्डबाट स्वीकृति लिनुपर्नेछ। आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्रको व्यवस्थापन प्रभावकारी रूपमा गरेको बताइन्।

कडा आर्थिक नीतिका कारण पाकिस्तानमा समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको उनको भनाइ छ।

तर बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य तथा आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाब कायमै रहेको आइएमएफले जनाएको छ।

आइएमएफका अनुसार आर्थिक वर्ष २०२६ का पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ४ प्रतिशत रहेको छ। समग्र आर्थिक वृद्धि भने ३.६ प्रतिशत रहने अनुमान गरिएको छ।

पेट्रोभालका अनुसार पाकिस्तानमा मुद्रास्फीति मेमा उच्च विन्दुमा पुगे पनि सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित भएको छ। मुख्य मुद्रास्फीति पनि नियन्त्रणमै रहेको उनले बताइन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ५ : ४२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको