खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत « Khabarhub

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी पार्टी सभापति रवि लामिछाने लक्षित रहेको प्रतिक्रिया दिएका छन् । पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले कांग्रेसको महाधिवेशनमा सभापति रवि लामिछानेको भनाइप्रति प्रधानमन्त्रीले त्यस्तो टिप्पणी गरेको उल्लेख गरे ।

‘महाधिवेशनमा प्रकट भएर रवि लामिछानेले बोल्ने क्रममा पार्टीमा असहयोग गर्ने, फरक ढङ्गले प्रस्तुत हुने र पार्टीलाई भाड्न आएकाहरूलाई तपाईंहरूले धेरै सम्झाइरहनु परेन, तपाईंहरूले चाहिँ कारबाही गरेर निकालिदिए हुन्छ, भन्ने सल्लाह दिएँ भन्नुभयो’ सचिव बस्नेतले भने, ‘रविले मलाई नै देखेका हुन् कि भन्ने बुझाइ बालेनजीलाई भयो होला ।’

उनले प्रधानमन्त्रीको तहबाट यस्ता अभिव्यक्ति आउनु शोभनीय नभएको बताए । अरुले निर्माण गरिदिएको खुलामञ्चलाई रङ पोत्ने, फूल रोप्ने र बत्ती बालेर आफ्नै काम हो भनी दाबी गर्ने प्रवृत्ति बालेन शाहमा देखिएको उनले आरोप लगाए । उनले थापाथलीको आरसीसी पुल, काठमाडौंका चौडा सडक, खोलाका करिडोर र खुलामञ्च लगायतका संरचनाहरू पूर्ववर्ती सरकारहरूले बनाएको उल्लेख गर्दै प्रधानमन्त्रीमा अरूकै काममा जस लिने र आलोचना खप्न नसक्ने व्यवहार देखिएको बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ५ : ५३ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई