नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक « Khabarhub

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ ।

बेलायतको वेल्सस्थित ब्रेकनमा यही असोज २१ देखि २२ सम्म सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको छ ।

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३५ राष्ट्रका १३० टोलीले सहभागिता जनाएका थिए । सन् १९६० देखि प्रत्येक बर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि नै सहभागी भइरहेको छ ।

यस प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ । त्यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक कलाहरूको परीक्षण पनि गरिन्छ ।

यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक हात पारिसकेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ८ : ५९ बजे

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका