काठमाडौँ– अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरी आज बिहान नरक चतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरेर यो पर्व मनाइन्छ ।
स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले नेपालीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको उनले बताए । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको उनको भनाइ छ ।














प्रतिक्रिया