यू-१९ एसिया कप : नेपालले यूएईलाई दियो १५४ रनको लक्ष्य « Khabarhub

यू-१९ एसिया कप : नेपालले यूएईलाई दियो १५४ रनको लक्ष्य


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १५४ रनको लक्ष्य दिएको छ । ओमनको अल अमेरात मैदानमा टस जितेर यूएईले फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो ।

पहिला ब्याटिङ गरेको नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाउँदा सचिन भट्टले ३३, निरजकुमार यादव र दर्सन सोनारले १६–१६ रन जोडनुबाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् ।

नेपाललाई सस्तैमा रोक्न यूएईका निशम खानले सर्वाधिक पाँच विकेट हात पारृ भने आयन मिसवाहले तीन विकेट हात पार्दा नुरुल्लाह अयोबीले दुई विकेट लिए ।

अब केही बेरमा यूएईले जवाफी ब्याटिङ गर्नेछ ।

पहिलो खेलमा भारतसँग १० विकेटले पराजित नेपाल अंकबिहीन छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित यूएईसमेत अंकबिहीन छ । समूह ‘ए’मा भारत र पाकिस्तानले दुईदुई अंक जोड्दा नेपाल र यूएई अंकबिहीन छन् । पहिलो खेलमा नेपालले दिएको १ सय २९ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा कुनै विकेट नगुमाई भेट्टाएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  २ : ०७ बजे

यू-१९ एसिया कप : नेपालले यूएईलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्स

कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

तेहरान- स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल

पर्वहरूले राष्ट्रिय एकता बलियो बनाउनुपर्छ : रवि लामिछाने

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु

क्राको– पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले