‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलो माहोलमा आशीर्वाद र प्रशंसा « Khabarhub

‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलो माहोलमा आशीर्वाद र प्रशंसा


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ले दर्शकमाझ प्रेम, संगीत र रमाइलोको स्वाद पस्किने संकेत गरेको छ । चलचित्रमा समावेश ‘जाले रुमाल’ बोलको गीत सार्वजनिक भएसँगै यसको चर्चा सुरु भएको छ। लोकलयमा आधारित गीतमा युवक र युवतीबीचको प्रेमिल सवाल–जवाफलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ।

गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ। दीपकप्रसाद आचार्यको शब्द रचना रहेको गीतमा बाबुल गिरीले संगीत भरेका छन् । डान्सिङ बिट र दोहोरी शैलीको मिश्रण रहेको गीतले रूप र सौन्दर्यबाट सुरु हुने आकर्षणलाई प्रेमको आधार बनाएको छ ।

गीतको भिडियोमा अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री प्रशंसा रायमाझी विवाहको माहौलमा रमाइरहेको देखिन्छन् । एकअर्काको सुन्दरताको प्रशंसा गर्दै सवाल–जवाफ गर्ने उनीहरूको प्रस्तुतिसँगै परिवारका सदस्यले विवाहमा गरेको रमाइलोले भिडियोमा थप रौनक ल्याएको छ ।

चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन् । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा रहेको चलचित्रमा करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल र सुमन कार्कीलगायत कलाकारको पनि अभिनय छ ।

ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को लेखन तथा निर्देशनमा बनेको ‘चिरञ्जीवी भवः’ आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

गत वर्ष ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेपछि निर्देशक आचार्यको नयाँ प्रोजेक्टप्रति दर्शकको चासो बढेको हो। ‘परान’को सफलतापछि दोस्रो चलचित्रमार्फत उनी कस्तो कथा र मनोरञ्जन लिएर आउँदैछन् भन्ने प्रतीक्षा भइरहेका बेला सार्वजनिक ‘जाले रुमाल’ले चलचित्रप्रति थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  २ : ३५ बजे

बेल्ट एन्ड रोड सिरिज : नेपाल यू-१९ महिला क्रिकेट टोली च्याम्पियन

काठमाडाैँ – चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एन्ड रोड सिरिजअन्तर्गत नेपाल

प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएको प्रदिप पौडेलको आरोप

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले जनताको स्वतन्त्रता खोस्ने काममा

‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलो माहोलमा आशीर्वाद र प्रशंसा

काठमाडौं– नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ले दर्शकमाझ प्रेम, संगीत र रमाइलोको

मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

टोकियो– मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

नेपाली सेनाले मनायो कुकुर तिहार

काठमाडौं– यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको