दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी « Khabarhub

दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । 

ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्तामा चित्र बनाइरहेका छन् । 

दश दिनसम्म यहाँ बस्ने विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । 

‘दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई नमूना बजार बनाउने योजना बनाएका छौँ,’ उनले भने, ‘नगरपालिकाले सुरु गरेको अभियानमा ललितकलाका विद्यार्थीले कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाइरहेका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नगरपालिकाको आम्दानीको स्रोतसमेत वृद्धि गर्नेछ ।’

नगरपालिकाको आयोजनामा यही पुस ३० गतेसम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी विद्यार्थीलाई स्थानीयको इच्छा तथा टोलको विशेषता झल्कने किसिमका चित्र बनाउन लगाउने गरिएको छ ।

नेवार समुदायको बाहुल्यता रहेको शान्ति टोलमा नेवारी संस्कार तथा संस्कृति झल्कने चित्र बनाउन लगाइएको स्थानीयवासी एवम् नेवाः दय् दवू दिक्तेलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए।  

‘कला, साहित्य र वातावरण संरक्षण हाम्रो परिकल्पना’ नाराका साथ चित्र बनाउन दिक्तेल आएका विद्यार्थीले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत चित्रकलासम्बन्धी इच्छुक विद्यार्थीलाई समेत चित्र बनाउने कला सिकाइरहेका छन् । 

विद्यार्थीलाई नगरपालिकाले खाने, बस्ने र आवश्यक सामग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिए । नगरपालिकाले गत वर्ष मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको थियो । उक्त कार्यशालामा २१० चित्र क्यानभासमा उतारिएका थिए ।  रासस

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १२ : ५९ बजे

गगन थापा हराएको सूचना !

स्वर्गको गेटमा ठूलो भीड थियो । धर्मराज हातमा रजिस्टर लिएर

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्