राष्ट्रसंघीयसहित ६६ वटा अन्तर्राष्ट्रिय संगठन छोड्ने अमेरिकी निर्णय « Khabarhub

राष्ट्रसंघीयसहित ६६ वटा अन्तर्राष्ट्रिय संगठन छोड्ने अमेरिकी निर्णय


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० भन्दाबढी अन्तर्राष्ट्रिय संगठनबाट बाहिरिने निर्णय गरेका छन्।

यसमा संयुक्त राष्ट्रसंघसँग सम्बन्धित विभिन्न निकाय तथा भारत र फ्रान्सको नेतृत्वमा रहेको ‘इन्टरनेशनल सोलार एलायन्स’ पनि समावेश छन्।

बुधबार ट्रम्पले ‘अमेरिकाको हितविरुद्ध रहेका अन्तर्राष्ट्रिय संगठन, सन्धि र सम्झौताबाट बाहिरिने’सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

ह्वाइट हाउसका अनुसार यी संस्थाहरू या त अनावश्यक छन् वा अमेरिकाको हितविरुद्ध काम गरिरहेका छन्।

जारी गरिएको तथ्यपत्रअनुसार सूचीमा ३१ संयुक्त राष्ट्रसंघसम्बद्ध संस्था र ३५ गैर–यूएन संस्था छन्, जसले अमेरिकाको राष्ट्रिय सुरक्षा, आर्थिक समृद्धि वा सार्वभौमिकताविरुद्ध काम गरिरहेको दाबी गरिएको छ।

ट्रम्पले सबै सरकारी विभाग र एजेन्सीलाई यस्ता संगठनबाट अमेरिका जतिसक्दो चाँडो बाहिरिने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  २ : १५ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक