गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु « Khabarhub

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वालिङ– यहाँको गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ । 

नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरूपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै सेवा पनि सुरु गरिएको हो। 

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद चिकित्सालाई स्थानीयस्तरसम्म पुर्याउने लक्ष्यकासाथ सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको नागरिक आरोग्य सेवा केन्द्र गल्याङका बैद्य वीरबहादुर बोहोराले बताए ।

‘विश्वव्यापीरुपमा फैलिँदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न योग, ध्यान, तथा आधारभूत तहको आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्छौँ’, उनले भने, ‘नागरिकलाई आयुर्वेद चिकित्सा विधिकाबारेमा चेतना जगाउँदै विद्यालय, आमा समूह, महिला स्वयंसेविका, युवा क्लबमार्फत समुदायस्तरमा पुगेर योग, ध्यान सिकाउँदै सकारात्मक सोचको विकासका लागि सहयोग गर्छौंँ ।’

आरोग्य केन्द्रबाट आयुर्वेद चिकित्सासम्बन्धी आधारभूत मापदण्ड अनुसारको आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराइने उनले बताए। पूर्वकर्म, पञ्चकर्म, बाष्पविधि, रुघा खोकीसहित स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श आरोग्य केन्द्रमार्फत दिइने जनाइएको छ ।

नगर अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना भई सेवा सुरु भएसँगै यहाँका नागरिकलाई आयुर्वेद चिकित्सासम्बन्धी सेवा तथा परामर्शका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  २ : ४४ बजे

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र