गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ’ब्रान्ड एम्बेसडर’ बने क्रिकेटर शेर मल्ल « Khabarhub

गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ’ब्रान्ड एम्बेसडर’ बने क्रिकेटर शेर मल्ल


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेटका उदाउँदो प्रतिभा शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डर बनेका छन् ।

क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच यसबारेमा औपचारिक सम्झौता भएको छ ।

नेपाली खेलप्रेमीमाझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो सिजन जित्ने एक मात्रै खेलाडी हुन्।

बलिङमा जादुयी शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन् । गौतम एजुकेशनमा जोडिन पाउँदा हर्षित भएको मल्लले बताए । उनी आगामी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि नेपाली टोलीका सदस्यका रुपमा पनि समेटिएका छन् ।

गौतम एजुकेशन कम्पनीका सीईओ इन्द्रजीत गौतमले शेर जस्तो क्रिकेटरसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए ।

‘देशका विभिन्न जिल्लास्थित विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि प्रायोजनको योजना बनाएका छौँ’, गौतमले भने ।

गौतम एजुकेशनले अध्ययनका लागि अस्ट्रेलिया, बेलायत जापान, क्यानडा र अमेरिका जान चाहने विद्यार्थीलाई परामर्श र मार्गदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ३ : ५० बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज