घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने « Khabarhub

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
 
आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘उनिसँग सरकारमै रहेको समयमा हामीले सहमति गरेका थियौँ । अब उनले राजीनामा दिएर आएका छन्, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।’
 
केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : ०७ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको