बालेनले लौरो चुनाव चिह्न ‘अपहरण’ गरेर रास्वपामा बुझाएको आरोप « Khabarhub

बालेनले लौरो चुनाव चिह्न ‘अपहरण’ गरेर रास्वपामा बुझाएको आरोप


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘लौरो’ चुनाव चिह्नलाई अपहरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा बुझाएको आरोप लागेको छ।

यसबारेमा स्वतन्त्र अभियन्ताहरूले बालेनलाई तत्काल लौरो फिर्ता गर्न चेतावनी दिएका छन्। बिहीबार ‘लौरो अभियान’, ‘स्वतन्त्र अभियान’ र ‘जेन–जी अभियान’का तर्फबाट आयोजित पत्रकार सम्मेलनमा अभियन्ताहरूले बालेनलाई एक हप्ताभित्र लौरो फिर्ता गर्न आग्रह गरेका हुन्।

अभियन्ता डम्बर साहुले लौरो कसैको निजी सम्पत्ति नभएको बताए । ‘लौरो चुनाव चिन्ह कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति थिएन, यो आमनागरिकको आशा र विकल्पको प्रतीक हो’, उनले भने, ‘तर अहिले बालेन साहको समूहले यसलाई सौदाबाजीको साधन बनाएको छ । राजनीतिक बेइमानी गरेर डकैती शैलीमा लौरोलाई रास्वपामा बुझाइएको छ।’

लौरो अपहरण प्रकरणमा बालेनले दुईजना केन्द्रीय सदस्यहरू अनन्तराज घिमिरे र रोहन कार्कीलाई प्रयोग गरेको पनि उनले बताए। ‘यदि एक हप्ताभित्र लौरो फिर्ता नभए देश विकास पार्टीको कार्यालय र बालेनको घरमा धर्ना गर्नेछौँ।’

बालेनले लौरो चिह्नलाई सौदाबाजीको माध्यम बनाएका उनीहरूको आरोप छ । २०७९ को स्थानीय तह निर्वाचनपछि उक्त चिह्नलाई स्वतन्त्र समूहको साझा सम्पत्ति मानिएको थियो । त्यसपछि ‘हाम्रो नेपाली पार्टी’ गठन भएको थियो।

२०७९ को चुनावमा त्यही चिह्नबाट प्रदेश र संघीय निर्वाचनमा ३६७ उम्मेदवार उठेका थिए । तर अहिले केवल दुईजनाले मात्रै उक्त चिह्न अपहरण गरेको साहुले आरोप लगाएका छन् ।

साहुले अनन्तराज घिमिरे र रोहन कार्कीले ‘हाम्रो नेपाली पार्टी’को नाम कीर्ते गरेर फेरी निर्वाचन आयोगमा दर्ता गराएका बताए । त्यसपछि बनाइएको देश विकास पार्टीमा बालेनले चिह्न मिसाउँदै बार्गेनिङको हतियार बनाएको आरोप लगाइएको छ ।

‘बालेन लौरो अभियानका स्टेक होल्डर मात्रै थिए। चिह्न उनको निजी सम्पत्ति थिएन, यो समग्र स्वतन्त्र अभियन्ताको विश्वासको प्रतीक हो,’ साहुले भने, ‘बालेन जता गए पनि हामीलाई मतलब छैन। पार्टी फिर्ता दिनुहोस्, चिह्न फिर्ता गर्नुहोस्। तपाईंहरू घण्टी या जता गए पनि हामीलाई मतलब छैन।’

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : ५७ बजे

धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा

निर्वाचन १० दिन बाँकीः निर्वाचन प्रचारमा नजान जनप्रतिनिधिलाई आग्रह

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा

पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : १७ जनाको मृत्यु, मध्यरातमा यसरी भयो उद्धार

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा