रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने « Khabarhub

रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का आकांक्षीलाई आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ।

पार्टीले बिहीबार जारी गरेको सूचनामा प्रत्यक्षतर्फका केही आकांक्षी उम्मेदवारले औपचारिक आवेदन दिएको वा नदिएको अवस्थामा पनि सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको पाइएको जनाएको छ।

यस्तो गतिविधिले नयाँ तथा अन्य आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने भन्दै रास्वपाले तत्काल सबै प्रकारका प्रचार सामग्री हटाउन र यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ।

उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिनाफोटो सामाजिक सञ्जालमा एक पटक मात्रै पोस्ट गर्न सक्ने व्यवस्था रास्वपाले गरेको छ।

त्यस्तै, प्राइमरी निर्वाचनमा सहभागी हुने सदस्यले प्राइमरीसम्बन्धी सूचना प्रकाशित भएपछि मात्रै पार्टीको निर्वाचन आचारसंहिता अनुसार भद्र, मर्यादित र सीमित ढंगले प्रचार–प्रसार गर्न पाउने उल्लेख गरिएको छ।

पार्टीको उम्मेदवार छनोट सिफारिस उपसमितिले निर्वाचनसम्बन्धी आचारसंहिता तथा जारी गरिएका निर्देशनहरूको पूर्ण पालना गर्न पनि रास्वपाले भनेको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ३३ बजे

कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको

डा. यसोदा रिजाललाई दुई महिनाका लागि निलम्बन गर्ने मेडिकल काउन्सिलको निर्णय 

काठमाडौं– अदालतबाट झुटा चिकित्सकीय प्रमाण बनाएको अभियोगमा दोषी ठहर भइसकेकी

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन

काठमाडौं– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि

सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने

काठमाडौं–  बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्