नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर « Khabarhub

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारको रोकथाम गर्नेसम्बन्धी ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअन्तर्गत, नेपाल सरकारद्वारा जारी भई म्याद नगुज्रिएको निर्यात प्रमाणपत्रको साथमा बाहेक, अमेरिकाले नेपालबाट निश्चित पुरातात्त्विक तथा मानवजातीय सामग्रीको अमेरिकामा आयातलाई आफ्नो कानुनबमोजिम प्रतिबन्धित गर्नेछ ।

सो सम्झौताले धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथा आनुष्ठानिक बस्तुहरू र अमेरिकी सरकारद्वारा आगामी दिनमा प्रकाशित गरिने निर्दिष्ट सूचिमा उल्लिखित पाण्डुलिपिहरू लगायतका पुरापाषाण युगको करिब ३२,००० इसापूर्वदेखि इस्वी संवत् १७७० सम्मका पुरातात्त्विक सामग्री र १३ औँ शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्रीहरू समेटेको छ । यस सम्झौताले कलाकृतिको चोरीडकैती र अवैध व्यापारविरुद्ध लड्न द्विपक्षीय सहयोगलाई सुदृढ गरी नेपालका सांस्कृतिक निधि भावी पुस्ताका निम्ति संरक्षित रहने सुनिश्चितता गर्दछ ।

यो सम्झौताले अमूल्य सम्पदालाई अवैध बजारमा पुग्नबाट रोकेर, चोरीडकैतीका प्रेरक तत्त्वहरूको न्यूनीकरण गरेर र सांस्कृतिक सम्पत्तिको जिम्मेवारीपूर्ण रखवारीको प्रवर्द्धन गरेर नेपाललाई महत्त्वपूर्ण लाभहरू प्रदान गर्नेछ । यसले विश्व सभ्यतामा नेपालका अद्वितीय योगदानको सम्मान गर्दै नेपालको विश्वव्यापी छविलाई उच्च बनाउनुका साथै अमेरिकी संस्था, विश्वविद्यालय र अन्वेषकहरूसँगको सहकार्यलाई सहजीकरण गर्नेछ, जसले नेपालको सांस्कृतिक इतिहासको अध्ययन गरी त्यसबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन सक्नेछन् ।

पुण्य तथा ऐतिहासिक कलाकृतिहरू आफ्नै मौलिक परिवेशमा कायम रहने र नेपाली नागरिक तथा आगन्तुक सबैले तिनको अनुभव लिन सक्ने सुनिश्चित गरी यस सम्झौताले नेपालको सांस्कृतिक पर्यटन उद्योगलाई पनि टेवा पुर्‍याउनेछ, जुन उद्योग नेपालको अर्थतन्त्रका निम्ति अत्यन्त महत्त्वपूर्ण छ ।

हस्ताक्षर समारोहमा राजदूत थम्पसनले भने, ‘यस सांस्कृतिक सम्पत्ति सम्झौताले नेपालको सांस्कृतिक सम्पदाप्रति रहेको अमेरिकाको गहिरो सम्मानमाथि जोड दिएको छ । यसले अवैध ओसारपसार रोकथाममा सहकार्यलाई सुदृढ बनाउँछ, कानुनसम्मत सांस्कृतिक आदानप्रदानमा सहयोग गर्दछ र नेपालको सांस्कृतिक सम्पदा भावी पुस्ताका निम्ति जोगाउने हाम्रो साझा जिम्मेवारीमा बल पुर्‍याउँछ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मुकुन्द प्रसाद निरौलाले भने, ‘नेपालको सांस्कृतिक सम्पदाको जगेर्नामा निरन्तरको साझेदारीका निम्ति नेपाल सरकार अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्दछ । विगत दुई दशकमा राजदूत सांस्कृतिक संरक्षण कोष र हाल सांस्कृतिक सम्पत्ति सम्झौतामार्फत गरिएको यो साझेदारीले नेपाल र अमेरिकाबिचको बलियो सहकार्यका साथै सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोक्न र भावी पुस्ताका लागि सांस्कृतिक सम्पदाको संरक्षण गर्नप्रति हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।’

अमेरिकी विदेश मन्त्रालयको सांस्कृतिक सम्पदा केन्द्रले सांस्कृतिक सम्पत्ति सम्झौताहरूको हस्ताक्षर र कार्यान्वयनमार्फत सांस्कृतिक सम्पदाको अवैध ओसारपसारविरुद्ध लड्ने र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने अमेरिकी कार्यहरूको नेतृत्व गर्दछ । यी सम्झौताहरूले अवैध ओसारपसारका सञ्जालहरू तोड्ने, अमेरिकी सङ्कलक तथा सङ्ग्रहालयहरूलाई चोरिएका वस्तु अनजानमा खरिद गर्नबाट जोगाउने र आतङ्ककारी तथा अन्तर्देशीय अपराधीहरूतर्फ हुने आर्थिक प्रवाह रोक्ने गर्छन् ।

यसले अमेरिकी नागरिकहरूले विश्वव्यापी सम्पदामा जिम्मेवारीपूर्वक पहुँच पाउन र अध्ययन गर्न सक्ने सुनिश्चित गर्दै, अमेरिकी दूतावासहरूलाई साझेदार देशहरूसँग सम्बन्ध बलियो बनाउने माध्यम उपलब्ध गराएर कूटनीतिलाई पनि बढवा दिन्छन् । विश्वभर सम्पन्न गरिएका र लागु भइसकेका ३० ओटा यस्ता सम्झौताहरूका साथ अमेरिका सांस्कृतिक सम्पदा संरक्षणमा विश्वव्यापी अगुवाका रूपमा रहेको छ ।

नेपालसँगको सांस्कृतिक सम्पत्ति सम्झौता नेपालको सार्वभौमिकता र सम्पदाको सुरक्षाप्रति अमेरिकाको लामो समयदेखिको प्रतिबद्धतामा आधारित छ, जसमा विगत दुई दशकमा २८ ओटा परियोजनाका लागि राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत गरिएको ४५ लाख अमेरिकी डलरभन्दा बढीको सहयोग समावेश छ । ती परियोजनाहरूले ऐतिहासिक स्मारक तथा पाण्डुलिपिहरूको जीर्णोद्धार, सांस्कृतिक सम्पदा स्थलहरूको जगेर्ना र हालसालै लुम्बिनीमा नेपालकै पहिलो आधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ९ : ०० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा