रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक « Khabarhub

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक लगाएको छ ।

रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आज आचारसंहिता पालनासम्बन्धी सूचना जारी गर्दै प्रचारप्रसारका सामग्री यसअघि सामाजिक सञ्जालमा राखिएको भए पनि ती सामग्री हटाउन निर्देशन दिएको छ ।

प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिताअनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचारप्रसार गर्न सकिने पार्टीले उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ, “प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फका आकाङ्क्षी उम्मेदवारमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिइ वा नदिइ सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारीको प्रचारप्रसार गरेको देखिन आएको छ, यस्तो प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकाङ्क्षी सदस्यलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचारप्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्री हटाउन निर्देश गरिन्छ ।”

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ९ : १५ बजे

काठमाडौंका ९ सभापतिद्वारा विशेष महाधिवेशन अवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी 

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा

प्रचण्ड पनि सञ्जय दत्तको फ्यान

काठमाडौं – व्यवसायिक कारणले दुई दिने नेपाल भ्रमणमा आएका सञ्जय

पश्चिम नेपालको नौ जिल्लाका कांग्रेस सभापतिको एकैस्वर- विशेष महाधिवेशनमा सहभागी नहुनू

काठमाडौं- पश्चिम नेपालका विभिन्न नौ जिल्लाका कांग्रेस सभापतिहरुले विशेष महाधिवेशनको