टी-२० विश्वकपमा न्यूजिल्याण्डसँग अफगानिस्तान ५ विकेटले पराजित « Khabarhub

टी-२० विश्वकपमा न्यूजिल्याण्डसँग अफगानिस्तान ५ विकेटले पराजित


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत आइतबार न्यूजिल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ । भारतको चेन्नईस्थित चिदमबरम रंगशालामा भएको खेलमा भएको खेलमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको हो ।

अफगानिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य न्यूजिल्याण्डले १३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । न्यूजिल्याण्डका लागि विकेटकिपर ब्याटर टिम सेइफेर्टले सर्वाधिक ६५ रन बनाए । ४२ बलको सामना गरेका उनले ७ चौका र तीन छक्का प्रहार गरे ।

त्यसैगरी, ग्लेन फिलिप्सले २५ बलमा ४२ रन जोडे । यस क्रममा उनले सात चौका र एक छक्का प्रहार गरे । अफगानिस्तानका मुजिब उर रहमानले दुई विकेट लिए भने मोहम्मद नबी, रशिद खान र अज्मतुल्लाह ओमरजाइले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन जोडेको थियो ।

अफगानिस्तानका लागि गुलबदिन नाइबले सर्वाधिक ६३ रन बनाए । ३५ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । त्यसैगरी, सेदिकुल्लाह अटलले २४ बलमा २९ र रहमतुल्लाह गुर्बजले २२ बलमा २७ रन जोडे ।

बलिङतर्फ न्यूजिल्याण्डका लोकी फर्गुसनले दुई विकेट लिए भने म्याट हेनरी, ज्याकब डफी र रचिन रवीन्द्रले समान एक विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ४९ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको