नेपालले गुमायो दोस्रो विकेट, विल ज्याक्सको बलमा कुशल भुर्तेल कट एण्ड बोल्ड « Khabarhub

नेपालले गुमायो दोस्रो विकेट, विल ज्याक्सको बलमा कुशल भुर्तेल कट एण्ड बोल्ड


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा जारी खेलमा इंग्ल्याण्डले नेपालसमक्ष १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको ५ ओभर २ बलमा नेपालका कुशल भुर्तेल आउट भए । विल ज्याक्सको बलमा उनी कट एण्ड बोल्ड भए ।

आउट हुनुअघि उनले १७ बलमा २९ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । इंग्ल्याण्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए । ३५ बलको सामना गरेका उनले चार चौका र चार छकका प्रहार गरे ।

त्यसैगरी, ह्यारी ब्रुकले ३२ बलमा ५३ रन जोडे । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । विल ज्याक्सले १८ बलमा ३९ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।

बलिङतर्फ नेपालका नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र शेर मल्लले समान एक विकेट लिए ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै इंग्ल्यान्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ३६ बजे

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब