नेपालको पाचौँ विकेट पतन, आरिफ आउट « Khabarhub

नेपालको पाचौँ विकेट पतन, आरिफ आउट


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा जारी खेलमा इंग्ल्याण्डले नेपालसमक्ष १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा नेपालले पाचौँ विकेट गुमाएको छ । खेलकोे १७ ओभर २ बलमा नेपालका आरिफ शेख आउट भए । जोफ्रा आर्चरको बलमा उनी कट बिहाइन्ड भए ।

आउट हुनुअघि उनले ८ बलमा १० रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । इंग्ल्याण्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए । ३५ बलको सामना गरेका उनले चार चौका र चार छकका प्रहार गरे ।

त्यसैगरी, ह्यारी ब्रुकले ३२ बलमा ५३ रन जोडे । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । विल ज्याक्सले १८ बलमा ३९ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।

बलिङतर्फ नेपालका नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र शेर मल्लले समान एक विकेट लिए ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै इंग्ल्यान्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : ३१ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा