शरण पाउने भएपछि अमेरिकी हिरासतबाट रिहा भए चिनियाँ नागरिक « Khabarhub

शरण पाउने भएपछि अमेरिकी हिरासतबाट रिहा भए चिनियाँ नागरिक


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा भइरहेको मानव अधिकार उल्लङ्घनका घटना खुलासा गर्ने चिनियाँ नागरिक अमेरिकी हिरासतबाट रिहा भएका छन् । अमेरिकामा शरण पाउने भएपछि विगत ५ महिनादेखि हिरासतमा रहेका चिनियाँ नागरिक गुआन हेङलाई रिहा गरिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनविरोधी अभियानका क्रममा उनलाई हिरासतमा लिइएको थियो । हिरासतबाट रिहा भएपछि उनले आमासँग भेट गरेको समाचार संस्था एपीलाई उद्धृत गर्दै जापानी अखबार अशाई शिमबुनले जनाएको छ ।

उनले एक साताअघि अमेरिकामा शरण पाएका थिए । ३८ वर्षीय गुआन हाल न्यूयोर्कको बिङह्याम्पटनमा छन् ।

छोरा रिहा हुनेभएपछि ताइवानबाट अमेरिका पुगेकी उनकी आमाले आफू खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।

उनले सन् २०२० मा चीनको सिन्जियाङ प्रान्तमा भइरहेको मानव अधिकार उल्लङ्घनका तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए । त्यसपछि उनी विभिन्न मुलुक हुँदै भागेर अमेरिका पुगेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ४९ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य