शरण पाउने भएपछि अमेरिकी हिरासतबाट रिहा भए चिनियाँ नागरिक « Khabarhub

शरण पाउने भएपछि अमेरिकी हिरासतबाट रिहा भए चिनियाँ नागरिक


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा भइरहेको मानव अधिकार उल्लङ्घनका घटना खुलासा गर्ने चिनियाँ नागरिक अमेरिकी हिरासतबाट रिहा भएका छन् । अमेरिकामा शरण पाउने भएपछि विगत ५ महिनादेखि हिरासतमा रहेका चिनियाँ नागरिक गुआन हेङलाई रिहा गरिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनविरोधी अभियानका क्रममा उनलाई हिरासतमा लिइएको थियो । हिरासतबाट रिहा भएपछि उनले आमासँग भेट गरेको समाचार संस्था एपीलाई उद्धृत गर्दै जापानी अखबार अशाई शिमबुनले जनाएको छ ।

उनले एक साताअघि अमेरिकामा शरण पाएका थिए । ३८ वर्षीय गुआन हाल न्यूयोर्कको बिङह्याम्पटनमा छन् ।

छोरा रिहा हुनेभएपछि ताइवानबाट अमेरिका पुगेकी उनकी आमाले आफू खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।

उनले सन् २०२० मा चीनको सिन्जियाङ प्रान्तमा भइरहेको मानव अधिकार उल्लङ्घनका तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए । त्यसपछि उनी विभिन्न मुलुक हुँदै भागेर अमेरिका पुगेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ४९ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान