काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ । प्रत्यक्षतर्फको मतगणन सकिएका क्षेत्रमा अहिले समानुपातिकतर्फको मतगणना भइरहेको हो ।
जारी मतगणनाअनुसार समानुपातिकतर्फ अहिलेसम्म २१ लाख ७१ हजार बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११ लाख १६ हजार बढी मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले ३ लाख ६७ हजार, नेकपा एमालेले २ लाख ९५ हजार र नेपाली कम्युनिस्ट पार्टीले १ लाख ३० हजार मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ८० हजार, श्रम संस्कृति पार्टीले ४५ हजार,
राष्ट्रिय परिवर्तन पार्टी २५ हजार, जनता समाजवादी पार्टी नेपालले १७ हजार मत पाएको छ ।













प्रतिक्रिया