सिंहदरबारस्थित निर्माणाधीन संसद भवन (तस्बिरहरू) « Khabarhub

सिंहदरबारस्थित निर्माणाधीन संसद भवन (तस्बिरहरू)


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ– प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न भएसँगै देशभरको मत परिणाम पनि सार्वजनिक भइरहेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भइरहेको जानकारी दिएको छ ।

निर्माणाधीन संसद् भवनको सम्पूर्ण काम अहिले नै सम्पन्न हुन नसके पनि अबको प्रतिनिधिसभा बैठक सोही भवनमा बस्ने गरी काम भइरहेको छ, जसका लागि तीव्र रुपमा काम भइरहेको विभागले जानकारी दिएको छ ।

गत भदौको जेनजी आन्दोलन भन्दा पहिले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक आन्दोलनका क्रममा आगजनी गरिएसँगै पूर्णरुपमा क्षति पुगेको छ।

जसका कारण पनि सिंहदरबार भित्र निर्माण गरिएको संसद भवनमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक बस्ने गरी आवश्यक पूर्वाधारको निर्माण र व्यवस्थापन भइरहेको छ ।

संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत भइसकेको छ ।

कुल ५ अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते भवनको शिलान्यास गरेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ११ : ०३ बजे

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा

चुनावमा लज्जास्पद हारपछि अभिनयमै फर्किइन् निशा अधिकारी

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट हारेपछि नायिका निशा

सरकारले कसरी कार्यान्वयन गर्ला यति मोटो प्रतिवेदनको ठेली (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा

जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ

जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च

नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन आवश्यक