सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि « Khabarhub

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको जित निश्चित भएको छ । प्रतिनिधि सभा अन्तर्गत सुनसरी १ मा जारी मतगणनामा अहिलेसम्म राई करिब १४ हजार मतले अगाडि छन् ।

राईले ३३ हजार ५६५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोमा तामाङले २० हजार २३७ मत ल्याएकी छन् । तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सूर्यबहादुर भट्टराईले पाँच हजार ५८९ मत पाउँदा नेकपा (एमाले)का टिकाराम लिम्बुले चार हजार ८४९ मत पाएका छन्।

श्रम संस्कृतिका अध्यक्ष राई धरान उपमहानगरका पूर्वप्रमुख हुन् । मेयर पदबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १० : ४७ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार