रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ « Khabarhub

रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले रवि लामिछानेको नेतृत्वमा सरकार नबने बबाल हुने बताएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सदनमा जनताका प्रश्नको उत्तर दिने र समय दिने नेतृत्व चाहिने नत्र बबाल हुने बताएका हुन् ।

जनताले चुनेपछि सबैले स्वीकार गर्नुपर्ने भन्दै उनले यस्तो बताएका हुन् । हर्कले नाम नलिए पनि उनको यो स्टाटस रास्वपाका वरिष्ठ नेता बालेन शाह लक्षित देखिन्छ ।

बालेन कम बोल्ने भएकाले उनले जनताका प्रश्नको उत्तर दिन नसक्ने भन्दै सरकारको नेतृत्व रविले गर्नुपर्ने तर्क गरेका हुन् ।

रास्वपाले भने चुनाव अगाडि बालेनलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अगाडि सारेको थियो । बालेन देशभर प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारका रुपमा मत माग्दै हिँडेका थिए । बालेनले झापा–५ मा केपी शर्मा ओलीलाई करिब ५० हजार मतले हराइसकेका छन् ।

हर्कले फेसबुकमा लेखेका छन्, ‘जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ ! नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन !’

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ११ : ५१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक