सुनसरी-१ मा हर्क साम्पाङ विजयी « Khabarhub

सुनसरी-१ मा हर्क साम्पाङ विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यस निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ भारी मतान्तरले विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई निकै पछाडि पार्दै ३५,७४१ मत प्राप्त गरी ऐतिहासिक जित दर्ता गराएका हुन् ।

निर्वाचनको रोचक प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ दोस्रो स्थानमा रहिन् । उनले २७,२४९ मत प्राप्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार टीकाराम लिम्बुले ६,४६३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई ६,१८५ मतमा सीमित भए ।

नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले भने ३,९७० मत मात्र प्राप्त गर्न सफल भए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १ : ३३ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को