आयोगका अध्यक्ष कार्कीलाई प्रश्न : जेन-जी आन्दोलनको प्रतिवेदन पनि दराजमै थन्किने हो ? « Khabarhub

आयोगका अध्यक्ष कार्कीलाई प्रश्न : जेन-जी आन्दोलनको प्रतिवेदन पनि दराजमै थन्किने हो ?


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सोमबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझाएर बाहिरिने क्रममा पूर्वन्यायाधीशसमेत रहेका कार्कीले अघिल्ला जस्तै यसलाई दराजमा थन्काएर राख्ने छुट सरकारलाई नभएको बताएका छ्न्।

उनले चुनावी वातावरण बिग्रिने डरका कारण पनि फागुन २१ अघि यो प्रतिवेदन नबुझाएको पनि बताए ।

‘चुनाव अगाडि किन प्रतिवेदन नल्याएको भन्ने कुरा आएको छ। तर हामीले चुनावको नतिजा कुरेको होइन ।
मिडियाले १० थरी लेखेका छन् । जे देखेको छ, त्यही लेखेका छौँ’,उनले भने, ‘यदि हामीले प्रतिवेदन बुझाएको भए चुनावलाई पनि असर पर्न सक्थ्यो भन्ने कुरा अहिले आएको छ।’

उनलाई सिंहदरबारमा पत्रकारले सोधे,‘अघिल्ला जस्तै यो प्रतिवेदन पनि दराजमा थन्किने त होइन ?’ तर कार्कीले लाल आयोग, मल्लिक आयोग र आफ्नै नेतृत्वका अघिल्ला प्रतिवेदन जस्तै यो दराजमा नथन्किने बताए ।

‘अघिल्ला जस्तै यो प्रतिवेदन दराजमा थन्किने अवस्था बन्छ कि बन्दैन भन्ने प्रश्न उठेको छ । तर मैले यहाँ नियुक्ति हुनुअघि पनि पुराना प्रतिवेदन सार्वजनिक गरौँ भनेको हो’, उनले भने, ‘यदि यो प्रतिवेदन पनि दराजमा थन्कियो भने अर्को आन्दोलन सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले प्रतिवेदन सरकारलाई सार्वजनिक गर्नु भनेका छौँ ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : १६ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि