निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल « Khabarhub

निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताएका छन् । निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षापछि सरकारी सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन भएकाले यसपटकको निर्वाचनमा त्यो सम्भव भएको बताए ।

वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउनैका लागि गठन भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गराएर कार्यभार सम्पन्न गराउने मार्गमा अघि बढेको जानकारी पनि गृहमन्त्री अर्यालले दिए ।

“हिंसा नभई निर्वाचन सम्पन्न भएको छ, सुदृढ सुरक्षा व्यवस्थाबीच निर्वाचन गराउने दायित्व सरकारले पूरा गरेको छ, यो निर्वाचनमा अरुका नाममा मतदान पनि भएन, समयमा निर्वाचन गराउन सरकारका सबै अङ्ग समन्वयात्मक रुपमा क्रियाशील भए, गृह मन्त्रालयमा सामूहिक नेतृत्वको अभ्यास गरी निर्वाचन समन्वयात्मक रुपमा सफल भयो, केन्द्र, प्रदेश र वडा तहसम्म समन्वयात्मक एकीकृत सुरक्षा योजना अन्तर्गत काम भयो, नेतृत्वमा विकेन्द्रीकरण गरेर निर्वाचन सम्पन्न भयो”, उनले भने ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउन आयोगले नेतृत्वदायी भूमिका खेलेकामा गृहमन्त्री अर्यालले सो अवसरमा धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : १२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक