देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ? « Khabarhub

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता, राजनैतिक नैतिकता जस्ता विषयमा आफूलाई खरोसँग प्रस्तुत गर्दै आएका राजनीतिक व्यक्ति हुन् । तर, उनले नेतृत्व लिएसँगै भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसले शर्मनाक हार व्यहोरेको छ ।

त्यतिमात्रै होइन, गत पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित थापा सहित सबै पदाधिकारीले हारेका छन् । यहिँनेर सभापति थापाप्रति नैतिकताको गम्भीर प्रश्न सोझिएको छ कि उनले पार्टीको लज्जस्पद हारको जिम्मेवारी लिँदै कसरी नैतिकता प्रदर्शन गर्लान् ? सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आफूहरूलाई नेपाली राजनीति र कांग्रेस भित्रको राजनीतिमा लामो समयदेखि प्रतिपक्षी नेताको रूपमा स्थापित गर्ने प्रयास गर्दै आएका थिए ।

विशेषगरी जेन-जी आन्दोलपछि पार्टी नेतृत्वमा कमजोरी रहेको भन्दै उनीहरूले नेतृत्व हस्तान्तरणको अभियान नै सञ्चालन गरेर विशेष १४ औँ महाधिवेशन प्रतिनिधिको बहुमत सदस्यको मागमार्फत विशेष महाधिवेशन सम्पन्न गर्न सफल भए । जुन महाधिवेशनमा पूर्व पार्टी सभापति शेरबहादुर देउबासहित ठूलो संख्याका नेता तथा कार्यकर्ता सहभागी भएनन् ।

तर, विशेष महाधिवेशनबाट नयाँ पार्टी नेतृत्व बनाएर चुनाव होमिँदा नै कांग्रेसले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ नाराको क्याम्पेनिङ गर्‍यो । यो क्याम्पेनिङले अघिल्लो नेतृत्व पूरै बेठिक थियो र अब ठीक भएको छ भन्ने सन्देश दिन खोजेको थियो ।

तर, टिकट वितरणको अवस्थासँग जोडेर हेर्ने हो भने त्यस्तो देखिँदैनथ्यो, किनकी बदलिएको कांग्रेसले पनि अधिकांश पुराना र कतिपय विवादित व्यक्तिहरूलाई पनि पुरानै शैलीबाट टिकट दिएर चुनावी मैदानमा उतार्‍यो । कांग्रेसले भ्रष्टाचारमा प्रश्न उठेका विजयकुमार गच्छदार, इट्टाभट्टा काण्ड लागेका अफताव आलमका छोरा, भ्रष्टाचार ठहर भएका टेकबहादुर गुरुङ लगायत थुप्रै विवादित व्यक्तिलाई टिकट दिएको थियो ।

चुनावी क्याम्पेनिङमा जाँदा कांग्रेस सभापति थापा तत्कालीन माओवादी र रास्वपाविरुद्ध निक्कै निर्मम सुनिएका थिए । उनले कांग्रेसबाहेक सबै शक्तिले मुलुकमा निकास दिन नसक्ने जिकिर गर्दै ‘अबकी बार, गगन सरकार’ नारा पनि तलसम्म लगाउन लगाए ।

तर, जनमतले भने सच्चिएको कांग्रेस र अब गगन प्रधानमन्त्री बन्ने एजेण्डा पत्याएन र अस्वीकार गरिदियो ।

यतिबेला सामाजिक सञ्जालमा छिटफुट रूपमा केही व्यक्तिहरूले सभापति थापा सहित अहिलेको नेतृत्वतर्फ नैतिकताको प्रश्न गरेका छन् । तर, सभापति थापाले भने विगतमा पार्टीका विभिन्न मञ्चदेखि संसदसम्म अरुलाई सिकाएको नैतिकताको पाठ आफूले कार्यान्वयन नगर्ने संकेत पनि दिइसकेका छन् ।

सर्लाही-४ मा पराजित भइसकेपछि आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयी भएका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहलाई बधाई दिँदै सो क्षेत्रमा देखेका समस्या समाधानमा आफू निरन्तर लागिरहने बताएका छन् ।

तर, उनले पार्टी सभापतिको हैसियतबाट समग्र चुनावी परिणामको जिम्मेवारी लिएर भने कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । त्यसैले अविच्छिन्न रूपमा अरुलाई नैतिकताको पाठ सिकाउने सभापति थापाले यसपटक आफैँले कसरी नैतिकता प्रदर्शन गर्छन् कि गर्दैनन् भन्ने कुरा निकै चासोको विषय बनेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : ५९ बजे

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर