सिंहदरबारभित्रै अध्यक्ष कार्कीलाई जेन-जीको चेतावनी : न्याय नमिले तपाईंको घर पनि देखेका छौँ « Khabarhub

सिंहदरबारभित्रै अध्यक्ष कार्कीलाई जेन-जीको चेतावनी : न्याय नमिले तपाईंको घर पनि देखेका छौँ


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको छ।

आयोगका अध्यक्ष कार्कीसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई करिब ९०० पृष्ठको निष्कर्ष तथा राय प्रतिवेदन र सात हजार पृष्ठको बयान समेटिएको प्रतिवेदन बुझाएको हो ।

चुनाव प्रभावित हुने भन्दै सरकारले नै आलटाल गरेको प्रतिवेदन बल्ल आयोगले बुझाएको छ। प्रतिवेदनको पूर्णपाठ प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा लगेर मात्र सार्वजनिक गर्ने बताएकी छन् । उक्त प्रतिवेदनमा कसलाई कारबाहीको सिफारिस गरिएको छ, केही खुलाइएको छैन ।

तर आयोगका एक सदस्यको हवाला दिँदै केही सञ्चारमाध्यमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई कारबाहीको सिफारिस गरिएको जिकिर गरेका छन्।

उक्त कारबाही सिफारिस भदौ २३ काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका लागि गरिएको दाबी भएको हो । तर आयोगको प्रतिवेदन सार्वजनिक गरेर दोषीको विषय स्पष्ट हुनुपर्ने कुरा पनि उठेको छ।

प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन सार्वजनिक गर्नुअघि जेन-जीहरूलाई डाकेकी छन् । उक्त प्रतिवेदन सार्ववजनिक गर्नुपहिले विवादित विषयमा प्रधानमन्त्रीले जेन-जीसँग कुरा गर्न चाहेकी हुन् ।

प्रतिवेदन सार्वजनिक गर्नुअघि प्रधानमन्त्रीले भदौ २४ को विध्वंशमा संलग्न भएका भनिएका जेन-जीसँग भेट्नुलाई अनेक अर्थ लगाइएको छ । केहीले विध्वंशमा संलग्नलाई चोख्याउने योजना बनाइएको पनि दाबी गरेका छन् ।

आयोगले कारबाहीको सिफारिस गरेका जेन-जी अभियन्तालाई चोख्याउन या उनीहरूलाई सजिलो हुने गरी प्रतिवेदन सार्वजनिक गर्ने रणनीतिमा सरकार रहेको अनुमान पनि भइरहेको छ।

तर आइतबार प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएर बाहिरिने क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई एकजना घाइते जेन-जीले घरमै आगो लगाउने शैलीको चेतावनी दिए ।

ती घाइते जेन-जीले सरकारी गाडी चढिरहेका कार्कीलाई रोक्दै न्याय नपाउने भए आयोगका अध्यक्ष कार्कीको घर पनि देखेको भन्दै आगो लगाउने चेतावनी दिए ।

‘म एक घाइते हुँ, गोली लागेको छ। मैले न्याय पाउँछु कि पाउँदिनँ ? जेल तोड्ने र भाग्नेहरू जेल जान्छन् कि जाँदैनन् ? मेरा मरेका साथीहरूले न्याय पाउँछन् कि पाउँदैनन् ?’, कडा मिजासमा घेर्दै उनले कार्कीलाई प्रश्नले घेरे।

आफूलाई चेतवानीसहित कडा प्रश्न गरेका युवकको आयोगका अध्यक्ष कार्कीले हात समाते तर उत्तर दिन सकेनन् । घाइते युवालाई फकाए जस्तो गर्दै कार्की कारको बीचको सीटमा बसेर सिंहदरबारबाट हिँडे। छोटो संवादपछि गाडीमा चढेर बाहिरिएका थिए।

कार्की कारमा हिँडिसकेपछि पनि ती घाइते युवक थामिएनन् । ‘अहिलेसम्म यस्ता आयोग धेरै देखियो। तपाईंहरूको प्रतिवेदन लुकाउनु भएन। यदि प्रतिवेदन सार्वजनिक भएन भने हामीले तपाईंको घर पनि देखेका छौँ, फेरि हामी तपाईंको घरमा पुग्छौँ’, उनले भदौ २४ मा भएको सरकारी र निजी घरहरूको आगजनी र विध्वंशतिर इंगित गर्दै चेतावनी दिए ।

भदौ २३ को घटनामा मात्रै तत्कालीन प्रमसहितलाई कारबाहीको सिफारिस गर्दा भदौ २४ मा भने आयोग मौन बसेको चर्ता छ ।त्यहीकारण यो प्रतिवेदन नै गोप्य रहन सक्ने चिन्ताबीच जेन-जीका समूहले आयोगका अध्यक्षलाई धम्कीको भाषामा चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ७ : ४३ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण