मध्यपूर्व युद्ध : तनाव र आक्रमण बढ्दै « Khabarhub

मध्यपूर्व युद्ध : तनाव र आक्रमण बढ्दै


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font


पेरिस – मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाहीहरू तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका विभिन्न देशहरूमा भएका पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको छ भने ऊर्जा आपूर्ति, समुद्री मार्ग र सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव परेको छ ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानी राजधानी तेहरानमा इन्धन वितरण अस्थायी रूपमा रोकिएको एक अधिकारीले बताएका छन् । तेहरान र आसपासका पाँच स्थानमा रहेका इन्धन भण्डारण तथा वितरण केन्द्रमा आक्रमण भएपछि ठूला आगलागी भएका थिए । बिहानैदेखि सहरका विभिन्न भागमा बाक्लो कालो धुवाँ देखिएको एएफपीका पत्रकारहरूले बताएका छन् ।

यसैबीच इरानको सर्वोच्च नेतृत्व परिवर्तन प्रक्रियाले पनि गति लिएको छ । देशको अर्को सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ भित्र सम्भावित उम्मेदवारबारे सहमति बनेको जनाइएको छ, तर नयाँ नेताको नाम भने अझै सार्वजनिक गरिएको छैन । इरानी अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तराधिकारी चयनमा प्रभाव पार्ने दाबी अस्वीकार गरेका छन् । उता इजरायली सेनाले भने ‘कुनै पनि उत्तराधिकारी वा त्यस्तो नियुक्ति गर्न खोज्ने व्यक्ति’ लाई लक्ष्य बनाइने चेतावनी दिएको छ ।

लेबनानमा पनि द्वन्द्व फैलिएको छ । बेरुतस्थित एक होटलमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले उक्त आक्रमण इरानको रिभोलुसनरी गार्ड्सको कुद्स फोर्ससँग सम्बन्धित कमान्डरहरूलाई लक्षित गरी गरिएको ‘सटीक कारबाही’ भएको दाबी गरेको छ ।

दक्षिणी लेबनानमा पनि इजरायलले इरान समर्थित हिजबुल्लाहसँग लडाइँ जारी राखेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० भन्दा बढी सहर र गाउँमा भएको हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।

इरानभित्र पनि विभिन्न स्थानमा विस्फोटका घटना भएका छन् । आइतबार मध्य इरानको याजद प्रान्तमा विस्फोट भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । इरना समाचार एजेन्सीका अनुसार याजद सहरको बाहिरी क्षेत्रमा विस्फोट भएको हो, तर यसको कारण तत्काल स्पष्ट हुन सकेको छैन । यसअघि तेहरान र इस्फहानसहित देशका अन्य भागहरूमा पनि विस्फोटका खबर आएका थिए ।

समुद्री क्षेत्रमा पनि तनाव देखिएको छ । संयुक्त अरब इमिरेट्सको झण्डा बोकेको एक टगबोट शुक्रबार होर्मुज जलडमरुमा विस्फोट भएपछि डुबेको थियो । इन्डोनेसियाको विदेश मन्त्रालयका अनुसार जहाजमा रहेका सात चालक दलमध्ये तीन जना इन्डोनेसियाली सदस्य अझै बेपत्ता छन् । एक जना चालक दलका सदस्य ओमानमा उपचाररत छन् भने अन्यको खोजी कार्य जारी रहेको बताइएको छ ।

होर्मुज जलडमरु विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास पारवहन हुन्छ । युद्ध सुरु भएपछि यस मार्ग हुँदै जाने जहाजहरूमा आक्रमणका घटनाहरू बढेका छन् र समुद्री यातायात प्रभावित भएको छ ।

खाडी क्षेत्रका विभिन्न देशहरूले पनि नयाँ आक्रमणको जानकारी दिएका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले आफ्ना क्षेत्रमा मिसाइल वा ड्रोन आक्रमण प्रयास भएको बताएका छन् ।कुवेतको गृह मन्त्रालयका अनुसार देशमा ड्युटीमा रहेका दुई सीमा रक्षकको मृत्यु भएको छ । सेनाले ड्रोन आक्रमण देशको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण ट्याङ्कीलाई लक्ष्य बनाइएको जनाएको छ ।

साउदी अरेबियाको रक्षा मन्त्रालयले राजधानी रियादस्थित कूटनीतिक क्षेत्रमा लक्षित आक्रमण प्रयाससहित १५ वटा ड्रोन रोकेको जानकारी दिएको छ । बहराइनले मिसाइलको भग्नावशेष खस्दा तीन जना घाइते भएको र समुद्री पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने डिसेलिनेसन प्लान्ट क्षतिग्रस्त भएको जनाएको छ ।

इरानले भने आफ्नो सैन्य क्षमता अझै बलियो रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गार्ड्सका प्रवक्ताले देशको सेनाले छ महिनासम्म ‘तीव्र युद्ध’ लड्न सक्ने बताएका छन् । उहाँका अनुसार आगामी दिनहरूमा अझ उन्नत मिसाइल प्रणाली प्रयोग गर्न सकिनेछ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि छिमेकी देशहरूको भूमिबाट आक्रमण भए त्यसको जवाफ दिन तेहरान बाध्य हुने बताउनुभएको छ । राज्य टेलिभिजनमा प्रसारित टिप्पणीमा उनले यस्तो प्रतिक्रिया कुनै देशसँग विवाद सिर्जना गर्न नभई सुरक्षाका लागि आवश्यक कदम हुने बताए । एक दिनअघि पेजेस्कियानले आफ्नो देशविरुद्ध आक्रमणका लागि अमेरिकी सैन्य आधार उपलब्ध गराएका छिमेकी देशहरूसँग क्षमा याचना पनि गरेका थिए ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक प्राथमिक विद्यालयमा भएको घातक आक्रमणका लागि तेहरानलाई दोष दिनुभएको छ । इरानी अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा १५० जनाको मृत्यु भएको छ ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आक्रमण इरानकै कारण भएको दाबी गरेका थिए । तर न्युयोर्क टाइम्सको अनुसन्धानले उक्त घटनामा सम्भवतः अमेरिकी सेना जिम्मेवार हुन सक्ने सङ्केत गरेको छ । एएफपीले भने घटनास्थलमा पहुँच नपाएकाले त्यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

युद्धसँग सम्बन्धित अर्को घटनामा अमेरिकी पनडुब्बीसँगको ठक्करपछि डुबेको इरानी युद्धपोतका चालक दलका केही सदस्यलाई श्रीलङ्काको अस्पतालबाट डिस्चार्ज गरिएको छ । २२ जना चालक दल सदस्य उपचारपछि अस्पतालबाट बाहिरिएका छन् भने अन्य १० जनाको उपचार जारी रहेको बताइएको छ ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय पानीमा भएको उक्त दुर्घटनापछि जहाज डुबेको स्थानबाट ८४ जनाको शव फेला पारेको जनाएको छ भने ६० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ । आक्रमणपछि अर्को इरानी युद्धपोतले श्रीलङ्काको समुद्री क्षेत्रमा शरण लिएको जानकारी पनि सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ८ : २७ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार