विश्वकप फाइनल : उपाधि जित्न भारतले न्यूजिल्याण्डलाई दियो २५६ रनको विशाल लक्ष्य « Khabarhub

विश्वकप फाइनल : उपाधि जित्न भारतले न्यूजिल्याण्डलाई दियो २५६ रनको विशाल लक्ष्य


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टि२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्याण्डलाई २५६ रनको लक्ष्य दिएको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५५ रन बनायो ।

भारतका लागि आजको खेलमा तीन जना खेलाडीले अर्धशतक बनाए । ओपनर सञ्जु सैमसनले मात्रै ४६ बलमा ८९ रनको शानदार पारी खेले । उनले ५ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै अविशेष शर्माले २१ बलमा ५२ रन बनाउँदा इशान किसनले २५ बलमा ५४ रन बनाए । शिवम दुबेले १८ र हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए । आजको खेलमा कप्तान सूर्य कुमार यादव शुन्य रनमा आउट भए ।

न्यूजिल्याण्डका लागि जेम्स निशम निशमले तीन विकेट लिए । उनले एकै ओभरमा सञ्जु सैमसन, इसान किसन र कप्तान सूर्यकुमार यादवलाई आउट गरी न्यूजिल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । म्याट हेनरी र रचिन रविन्द्रको नाममा एक एक विकेट रह्यो ।

भारतको टोलीको कप्तानी सूर्यकुमार यादवले सम्हाल्ने छन् भने विकेटकिपरको जिम्मेवारी सञ्जु सैमसनले लिएका छन् । भारतको प्लेइङ–११ मा अभिषेक शर्मा, सञ्जु सैमसन, इशान किशन, सूर्यकुमार यादव, तिलक बर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, अर्शदीप सिंह, वरुण चक्रवर्ती र जसप्रित बुमराह रहेका छन् ।

न्यूजिल्याण्ड टोलीको विकेटकिपर टिम सेइफर्ट रहेका छन् । न्यूजिल्याण्डको प्लेइङ–११ मा फिन एलेन, टिम सेइफर्ट, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल स्यान्टनर, जेम्स निशाम, म्याट हेनरी, लोकी फग्र्युसन र जेकब डफी रहेका छन् ।

दुवै टोली बलियो भएकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । भारतले सेमिफाइनलमा दुई पटकको विश्वकप विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो भने यता न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : ०० बजे

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन