कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै « Khabarhub

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दैछ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोगेको पराजयका विषयमा समीक्षा सुरु गर्न लागेको हो ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पहिलो दिनको कार्यक्रम आज मधेश प्रदेशको जनकपुरमा हुनेछ ।

कार्यक्रममा सम्बन्धित प्रदेश अन्तर्गत क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशका केन्द्रीय सदस्य, समानुपातिक तर्फका उम्मेदवारहरू, प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।

कांग्रेसले तय गरेको कार्यक्रम अनुसार यही चैत २७ गते गण्डकीको पोखरामा, चैत २९ गते लुम्बिनीको बुटवलमा, वैशाख ३ गते कर्णालीको सुर्खेतमा, वैशाख ५ गते सुदूरपश्चिमको धनगढी, वैशाख ७ गते बागमतीको हेटौँडा र वैशाख ९ गते कोशी प्रदेशको विराटनगरमा समीक्षात्मक कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ८ : १९ बजे

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य

महावीरलाई पदीय मर्यादा धान्नै धौ धौ

काठमाडौँ- ‘मन लागे भोट देऊ, मन नलागे नदेऊ’- यो निर्वाचनको