परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति « Khabarhub

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार मन्त्री खनाल र राजदूतबीच मङ्गलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र व्यावहारिक सहयोगका विषयमा फलदायी छलफल भएको दूतावासले जनाएको छ। दुवै पक्षबीच आपसी सहयोगलाई थप सुदृढ बनाउँदै विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई तीव्रता दिने सहमति भएको छ।

“हामीबीच नेपाल–चीन सम्बन्ध र व्यावहारिक सहयोगका विषयमा विचार आदानप्रदान भयो,” चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ, “आपसी सहयोगलाई मजबुत बनाउँदै द्विपक्षीय सहकार्यलाई तीव्रता दिने र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा हामी सहमत भएका छौँ।”

परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्नुहुँदै चिनियाँ राजदूत चाङ माओमिङ। तस्बिरः नेपालस्थित चिनियाँ राजदूतावास

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ०७ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको