असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज « Khabarhub

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

संविधान संशोधन बहस, अन्य दलले पनि प्रतिनिधि पठाउँदै


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दैछ।

मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार गठित उक्त कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो।

संविधान संशोधनका सन्दर्भमा बहसपत्र तयार गर्न सरकारले विभिन्न राजनीतिक दलका प्रतिनिधि र कर्मचारीतन्त्रका विज्ञहरू समेटेर यो कार्यदल बनाएको हो। कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले) का तर्फबाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी र नेकपातर्फबाट पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ सदस्य रहेका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट पनि कार्यदलमा सदस्य छन्। नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने आफ्ना प्रतिनिधि पठाउन बाँकी छ। ती दलमा आन्तरिक छलफल भइरहेकाले सम्भवतः आजै सदस्यको नाम टुङ्गो लाग्ने बताइएको छ।

कार्यदलमा सरकारी अधिकारीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन्। कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदीलाई तोकिएको छ।

यो कार्यदलले संविधानमा परिमार्जन आवश्यक देखिएका विषयमा राजनीतिक र कानुनी पक्षबाट अध्ययन गरी बहसपत्र तयार गर्ने कार्यादेश पाएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १० : ०३ बजे

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा

नेप्सेले भन्यो- अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से )ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर

नेपाल क्रिकेट संघको ‘इन्स्योरेन्स पार्टनर’ बन्यो मेटलाइफ

काठमाडौँ– मेटलाइफ नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक बीमा साझेदार

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् ।