भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान « Khabarhub

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेतीपातीमा सीमित रहेका यहाँका किसान अहिले आयआर्जन वृद्धि र आत्मनिर्भर बन्ने लक्ष्यका साथ पशुपालनतर्फ उन्मुख भएका हुन् ।

हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई लक्षित गरी विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरी गाई, भैँसीपालनलाई प्रोत्साहन गर्न गोठ सुधार, उन्नत जातका भैँसी वितरण गरिएको हो । किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले विगत तीन वर्ष अघिबाट स्थानीयलाई भैँसी तथा उन्नत गाई वितरण कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । किसानलाई दूधको माध्यमबाट आयआर्जनमा जोड्ने लक्ष्यका साथ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको भैँसी वितरण गर्दै आएको उनले बताए ।

हालसम्म गाउँपालिकाभित्रका किसानलाई २७ उन्नत जातको भैँसी विरतण गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । भैँसी वितरणसँगै किसानलाई प्राविधिक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको भैँसी वितरण कार्यक्रम किसानका लागि उपयुक्त रहेको हतुवागढी–२ लुङ्गिनका कृषक हेमराज कार्कीले बताए । गाउँपालिकाले भैँसीसँगै गोठ सुधारको कार्यक्रमसमेत सञ्चालन गरेकोले थप सहजता भएको उनको भनाइ छ ।

विगतमा घरायसी प्रयोजनका लागि सीमित भैँसीपालन अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ ।

यहाँ उत्पादित दूध तथा दुग्धजन्य पदार्थ स्थानीय बजारका साथै नजिकका व्यापारिक केन्द्रहरूमा बिक्री हुने स्थानीयवासी धनबहादुर थापाले बताउनुभयो । केही किसानले दही, घ्यूउ, परिकार बनाउने गरेका छन् । लुङ्गिन क्षेत्र पशुपालनको लागि उपयुक्त रहेकाले पशुपालनमा जोड दिएको वडाध्यक्ष विचारी थापाले बताउनुभयो । गाउँपालिकाबाट वितरण भएका २७ भैँसीमध्ये २२ लुङ्गिन क्षेत्रका किसानले पालन गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले किसानलाई पशुपालनका माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित गाई, भैँसीपालनलगायत कृषि क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको बताए ।

गाउँपालिकाले आगामी दिनमा पशुपालनसँगै दुग्ध सङ्कलन, प्रशोधन र बजार व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना अघि बढाउने भएको छ । (रासस)

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : ३० बजे

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु