काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् ।
उनीहरूले सभा अध्यक्ष नारायण दहलालसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसअघि मंगलबार बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा सभापति चयन गरेको थियो ।

























प्रतिक्रिया