ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो « Khabarhub

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका छन् ।

ट्रम्पले दुई साता लामो युद्धविरामपछि पत्रकारसँग बोल्दै चीनले इरानलाई वार्ताका लागि तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

एक टेलिफोनिक अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘के चीनले इरानलाई युद्धविरामका लागि प्रेरित गरेको हो ?’ यसमा उनले भने, ‘हो, मैले सुनेको छु।’

यद्यपि, यस विषयमा चिनियाँ विदेश मन्त्रालयको तर्फबाट अहिलेसम्म आधिकारिक प्रतिक्रिया आएको छैन।

वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लियु फेङ्ग्युले भने द्वन्द्व सुरु भएदेखि नै चीनले युद्धविराम र शान्तिका लागि प्रयास गरिरहेको बताएका छन्।

उनका अनुसार चीनले शान्तितर्फका सबै प्रयासलाई स्वागत गरेको छ। सबै पक्षले संवादमार्फत मतभेद अन्त्य गर्नुपर्नेमा जोड चीनले दिएको उनले बताए।

चीनले सम्बन्धित सबै पक्षले यो अवसर उपयोग गर्दै छिट्टै द्वन्द्व अन्त्य गर्ने आशा पनि व्यक्त गरेको छ।

चीनले यसअघि सन् २०२३ मा इरान र साउदी अरेबियाबीच सम्झौता गराउन पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : २२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा