स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने « Khabarhub

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक महत्त्वपूर्ण जानकारी सार्वजनिक भएको छ।

एजेन्सी प्रेस (एपी) समाचार एजेन्सीको रिपोर्टअनुसार स्ट्रेट अफ होर्मुजबाट गुज्रिने जहाजहरूबाट इरान र ओमानले शुल्क असुल्न पाउने भएका छन्।

एजेन्सीको रिपोर्टमा एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै यो प्रावधान युद्धविराम सम्झौताको हिस्सा भएको उल्लेख गरिएको छ।

ती पाकिस्तानी अधिकारी प्रत्यक्ष वार्तामा संलग्न थिए । पहिचान सार्वजनिक नगर्ने सर्तमा उनले यसबारेमा जानकारी दिएका हुन्।

रिपोर्टअनुसार, इरानले यस शुल्कबाट प्राप्त रकम युद्धका क्रममा भएको क्षतिको पुनर्निर्माणमा प्रयोग गर्नेछ। ओमानले भने उक्त रकम कसरी प्रयोग गर्ने भन्ने स्पष्ट भएको छैन।

होर्मुज जलडमरूमध्यमा इरान र ओमान दुवैको क्षेत्रीय अधिकार भएकाले त्यहाँबाट गुज्रिने जहाजबाट शुल्क लिने अनुमति दिइएको हो।

दुई हप्तासम्म खुला रहने होर्मुज

अमेरिका र इरानबीच भएको युद्धविरामअनुसार आगामी दुई हप्तासम्म होर्मुज जलडमरूमध्य खुला रहनेछ। इरानका विदेशमन्त्रीले यस अवधिमा जहाजहरूको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिने बताएका छन्।

यसको अर्थ, होर्मुजबाट हुने आवागमन ‘कन्ट्रोल्ड ट्रान्जिट’ अन्तर्गत सञ्चालन हुनेछ।

युद्धका क्रममा यस समुद्री मार्गमा जहाज आवागमन लगभग ठप्प भएको थियो। अब पुनः सञ्चालनमा आउँदा आपूर्ति प्रणाली सामान्य हुने अपेक्षा गरिएको छ।

इरानको प्रस्तावअनुसार, यस मार्गबाट गुज्रिने प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिइनेछ, जसलाई ओमानसँग बाँडफाँट गरिनेछ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खोल्नुपर्ने शर्त राखेका थिए, जसपछि मात्र यो युद्धविराम सम्भव भएको बताइएको छ।

होर्मुज खोल्ने निर्णयको प्रभाव अन्तर्राष्ट्रिय बजारमा पनि देखिएको छ। तेलको मूल्यमा करिब १५–१६ प्रतिशतसम्म गिरावट आएको छ।

यद्यपि, विज्ञहरूका अनुसार यो व्यवस्था अस्थायी हो र समग्र परिस्थितिबारे अनिश्चितता अझै कायम नै छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ३० बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा