सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा « Khabarhub

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा बढाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिसँगै यातायात व्यवस्था विभाग नयाँबानेश्वरले सवारी साधनको भाडा वृद्धि गरेर लागु गर्ने तयारी गरेको हो।

भाडा बढेको पुष्टि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गरेका छन् ।

सिटौलाले दिएको जानकारीअनुसार सार्वजनिक यातायातको भाडा न्यूनतम् १६.७१ प्रतिशतले वृद्धि भएको छ।

मालवाहक सवारी साधनको भाडा पनि त्यही दरमा बढेको छ। उनका अनुसार पहाडी क्षेत्रका मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढेको छ। उता तराई क्षेत्रका मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको उनले बताएका छन् ।

विभागले बुधबार नै नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्दैछ । इरान-अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ। त्यहीकारण यातायात व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिइरहेका थिए ।

सरकारको यो निर्णयसँगै नेपाली उपभोक्ता बजार महँगिने भएको छ। उता सार्वजनिक सवारीका यात्रुको खर्च पनि बढ्ने भएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : ३५ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग