पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का « Khabarhub

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक पुष्प खड्का र नायिका पूजा शर्मा जोडीको भूमिकामा रहने पक्का भएको छ ।

निर्माण पक्षले बुधबार फिल्मको शीर्ष नायकमा पुष्प खड्का अनुबन्ध भएको सार्वजनिक गरेको हो । यस फिल्ममा नायिका पूजा शर्मा यसअघि नै फाइनल भइसकेकी छिन् ।

रुपेश तामाङको निर्देशनमा यो फिल्मको छायाङ्कन आगामी जेठबाट हुने बताइएको छ । पुष्प र पूजाको भूमिकाबारे थप केही खुलाइएको छैन ।

यी दुईको यो फिल्ममा दोस्रो सहकार्य हो । उनीहरूको पहिलो सहकार्य रहेको फिल्म ‘३६ को आकडा’ प्रदर्शनमा आइसकेको छैन ।

यस फिल्मका लागि एक–एक नयाँ नायक र नायिकालाई डेब्यू गराउने तयारी भइरहेको पनि निर्माण पक्षले खुलाएको छ ।

जुना फिल्मस् र अधिकार फिल्मस्ले बनाउन लागेको यो फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् ।

लगातार फिल्म फ्लप भएपछि पुष्प केही समय विश्राम गरी पुनः फर्किएका हुन् । पूजालाई पनि पछिल्लो लामो समयदेखि बक्स अफिसमा सफलता मिलेको छैन ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३१ बजे

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा