पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का « Khabarhub

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक पुष्प खड्का र नायिका पूजा शर्मा जोडीको भूमिकामा रहने पक्का भएको छ ।

निर्माण पक्षले बुधबार फिल्मको शीर्ष नायकमा पुष्प खड्का अनुबन्ध भएको सार्वजनिक गरेको हो । यस फिल्ममा नायिका पूजा शर्मा यसअघि नै फाइनल भइसकेकी छिन् ।

रुपेश तामाङको निर्देशनमा यो फिल्मको छायाङ्कन आगामी जेठबाट हुने बताइएको छ । पुष्प र पूजाको भूमिकाबारे थप केही खुलाइएको छैन ।

यी दुईको यो फिल्ममा दोस्रो सहकार्य हो । उनीहरूको पहिलो सहकार्य रहेको फिल्म ‘३६ को आकडा’ प्रदर्शनमा आइसकेको छैन ।

यस फिल्मका लागि एक–एक नयाँ नायक र नायिकालाई डेब्यू गराउने तयारी भइरहेको पनि निर्माण पक्षले खुलाएको छ ।

जुना फिल्मस् र अधिकार फिल्मस्ले बनाउन लागेको यो फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् ।

लगातार फिल्म फ्लप भएपछि पुष्प केही समय विश्राम गरी पुनः फर्किएका हुन् । पूजालाई पनि पछिल्लो लामो समयदेखि बक्स अफिसमा सफलता मिलेको छैन ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३१ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले