विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण « Khabarhub

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ ली-वुन मंगलबार चीन भ्रमणमा पुगिन् । चीनले पछिल्लो समय ताइवानलाई आफूसँग गाभ्न युद्ध अभ्यासलाई तीव्र पारिरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

उक्त उच्चस्तरीय भ्रमणलाई चीनले वार्ताको एक अवसरका रूपमा प्रयोग गरेको छ। उनले पनि बेजिङसँग संवादको पक्षमा कुरा राखेकी छन् । विशेष गरी बढ्दो क्रस-स्ट्रेट तनावको बीचमा उनले क्रान्तिकारी नेता सन यात्-सेनलाई स्मरण गरेकी छन् ।

बुधबार चेङले नान्चिङ सहरस्थित सन यात्-सेनको समाधिमा पुष्प अर्पण गरी ऐतिहासिक प्रतीकात्मकता प्रकट गरेकी छन् । यो सहर पहिले रिपब्लिक अफ चाइनाको राजधानी थियो, जहाँ कुमिन्ताङ पार्टी सन् १९४९ मा माओ जेडोङ नेतृत्वको कम्युनिस्टसँगको गृहयुद्धमा हारपछि ताइवानतिर सरेको थियो।

चेङले ताइवानी टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको भाषणमा भनिन्, ‘सन यात-सेनको ‘सर्वस्व वाच्छित समान’ आदर्शका मुख्य मूल्य सधैँ समानता, समावेशिता र एकता हुन्। हामीले स्ट्रेटमा मेलमिलाप र एकता प्रवर्द्धन गर्दै क्षेत्रीय समृद्धि र शान्ति सिर्जना गर्न मिलेर काम गर्नु पर्छ।’

चेङ सन् २०१६ पछिका दशकमा चीन भ्रमण गर्ने पहिलो कुमिन्ताङ नेता हुन्। उनले भ्रमणका क्रममा उनी चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुने अपेक्षा पनि राखेकी छन् ।

यो भ्रमण त्यति बेला भइरहेको छ जब ताइपेई र बेजिङबीच तनाव उच्च छ । चीनले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमिक दाबी गर्दै आइरहेको छ । उता राष्ट्रपति विलियम लाई चिङ-थसँग संवाद गर्न अस्वीकार गर्दै चीनले उनलाई ‘सेपरेटिस्ट’ को रूपमा चिनाइरहेको छ ।

युक्रेन, गाजा र इरानमा भइरहेको युद्धले पनि धेरै ताइवानेलीलाई चिन्तित बनाएको छ । अहिले अमेरिका ताइवानको अप्रत्यक्ष सुरक्षा ग्यारेण्टर हो । तर अमेरिकाले भविष्यमा चीनसँगको सम्भावित द्वन्द्वमा साँच्चै सहयोग गर्नेछ कि गर्दैन भन्नेमा ताइवानीहरू अलमलमा छन् ।

यी परिस्थितिका बाबजुद केही ताइवानेली मतदाताहरूमा चीनसँग सम्बन्ध सुधार्ने विचार अझै बाँकी छ । एटलान्टिक काउन्सिलको ग्लोबल चाइना हबका वेन-थि सुङले अल जाजिरालाई भनेका छन्, ‘यदि अध्यक्ष चेङले शिष्टतापूर्वक कुरा गरेमा कुमिन्ताङले यसलाई प्रयोग गर्दै प्रभावकारी कदम चाल्न सक्छ।’

चेङले आफ्नो भ्रमणलाई तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरेकी छन् । उता ताइवानमा विपक्षी-नियन्त्रित संसद्ले प्रस्तावित ४० अर्ब डलरको सुरक्षा बजेट वृद्धि रोकिरहेको छ।

उनले ताइवानको लोकतान्त्रिक विकासलाई स्वीकार गर्दै, दशकौंको ‘ह्वाइट टेरर’ मार्शल नियमको उत्तराधिकारलाई स्मरण गरिन् । चीनको विकासलाई पनि उनले प्रशंसा गरिन्। उनले थपिन्, ‘मुख्यभूमि चीनमा पनि हामीले सबैको अपेक्षा र कल्पनाभन्दा बढी प्रगति र विकास देखेका छौँ’, उनले भनिन्।

उता ताइवानमा सरकारको नेतृत्व गरिरहेको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले यस भ्रमणको आलोचना गरेको छ । उसले कुमिन्ताङलाई राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याएको आरोप लगाएको छ । पार्टी प्रवक्ता वु चेङले भने, ‘विपक्ष साँच्चै स्थिरता चाहन्छ भने, सुरक्षा खर्च रोक्न छोड्नुपर्छ।’

बेजिङ र ताइपेई दुवैले अर्काको सरकारलाई औपचारिक रूपमा मान्यता दिएका छैन् । सन् २०२८ सम्म ताइवानलाई गाभ्ने गरी चीनले सैन्य अभ्यास तीव्र पारेको छ। चीनले स्थल, जल र वायु तीनै क्षेत्रबाट ताइवनमाथि नाकाबन्दीको अवस्था पैदा गर्दा विश्व राजनीति तरंगित भइरहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३० बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने