कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते « Khabarhub

कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका छन् ।

कारागारभित्र कैदीबन्दीहरुबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए । 

त्यसैगरी, झडपमा परी भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई समेत घाइते भएका छन् । 

अहिले कारागारको अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक थापाले बताए । झडपपछि कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : ३२ बजे

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको