पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न « Khabarhub

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण सम्पन्न भएको छ । पोखराको सेती पुल भने निर्माणाधीन छ । 

उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । 

आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माण पूरा भइसकेको प्रमुख कुँवरले बताए । 

गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । 

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला, कास्कीको कोत्रेखोला र विजयपुर खोलामा पुल निर्माण सकिएको हो । 

पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो । 

गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम सकिएको छ । कास्कीको सेती पुलदेखि तनहुँको जामुने जोड्ने पश्चिम खण्डमा पनि सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । 

पश्चिम खण्डका प्रमुख कुँवरका अनुसार सडकतर्फको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । 

कुल ३८.७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६.३२ किमीको सर्भिस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको छ । रासस
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : ३३ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको