मुस्ताङमा सातौँ पटक हिमपात « Khabarhub

मुस्ताङमा सातौँ पटक हिमपात


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज दिउँसो ११ः०० बजेदेखि बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा हिमपात भएको हो ।

यसअघि गत शनिबार र सोमबार पनि मुस्ताङमा भारी हिमपात भएको थियो । गत कात्तिक १० गते पहिलो हिमपात भएकामा जारी सिजनको चैत महिना सकिन लाग्दा मुस्ताङमा पटकपटक हिमपात र वर्षा हुने क्रम रोकिएको छैन ।

गर्मीयाम सुरु भइसक्दासमेत हिमपात हुनेक्रम नरोकिँदा मुक्तिनाथ मन्दिरको दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकको यात्रा कष्टकर बनेको छ । गर्मीयाम लाग्ने बेलामा समेत हिमपात हुँदा तीर्थयात्रीको आवागमनमा कठिनाइ भइरहेको बारागुङ मुक्तिक्षेत्र– १ का वडाध्यक्ष प्रमेश गुरुङले बताए। 

हिमपात भए पनि जमिन तातिएकाले पग्लिएर सडक हिलाम्मे भएको छ । उपल्लो मुस्ताङमा हिमपातका कारण चिसो बढेपछि स्थानीयवासीको दैनिकीमा असर परेको छ ।

हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशुचौपायालाई आहारा व्यवस्थापन तथा चरनक्षेत्रमा लैजान समस्या भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : ५० बजे

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको